छोराछोरी नजन्माउन ५३ जनाले लिए स्थायी बन्ध्याकरण सेवा

अछाम । सन्तानको रहर पूरा भएका ५३ जनाले निशुल्क स्थायी बन्ध्याकरण सेवा लिएका छन । स्थायी बन्ध्याकरण शिविरबाट ३६ जना महिलाले मिनिल्याप र र १७ पुरुषले भ्यासेक्टोमी सेवा लिएको स्वास्थ्य कार्यालय अछामका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत झनकराज ढुंगानाले जानकारी दिनुभयो ।

स्थायी बन्ध्याकरण शिविरबाट रामारोशन गाउँपालिकामा ३५ जना, पञ्चदेवल विनायक नगरपालिकामा सात जना, मंगलसेनमा छ जना, मेल्लेख गाउँपालिकामा पाँच जना रहेका छन् । स्वास्थ्य कार्यालय अछामको आयोजनामा सम्बन्धित स्थानीय तह र नेपाल परिवार नियोजन संघको समन्वयमा चार स्थानमा निशुल्क शिविरको आयोजना गरिएको थियो ।

ग्रामीण भेगका पुरुष र महिलालाई सन्तानको रहर पूरा भइसकेपछि घर नजिकै सेवा दिनका लागि शिविर यही फागुन ११ गतेबाट शुरु भएर १५ गतेसम्म सञ्चालन गरिएको थियो । स्वास्थ्य कार्यालयले विभिन्न निकायसँग मिलेर ग्रामीण भेगमा निशुल्क शिविरहरु गर्दै आइरहेको छ । 

तस्बिरहरूः झनकराज ढुंगाना

Mangalsen Ward
सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page