बदेँलको आक्रमणबाट सेरामा एक महिला घाइते

अछाम । कमलबजार नगरपालिकामा बदेँलको आक्रमणबाट एक महिला घाइते भएकी छन् । कमलबजार नगरपालिका-७ सेराको फल्टाने निवासी ६६ वर्षीय हिरादेवी अधिकारी बदेँलको आक्रमणबाट घाइते भएको अछाम प्रहरीले जानकारी दिएको छ
घरबाट करिब ५ सय मिटर पर रहेको पत्थरियाखान भन्ने जंगलमा बाख्रा लिएर गएको अवस्थामामा बदेँलले आक्रमण गरेको बताइएको छ । घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र कमलजारमा उपचार भइरहेको छ ।