कुष्कोटको एक घर आगलागीबाट नष्ट, एक घाइते

मंगलसेन । अछामको कुष्कोटको एक घरमा आगलागी हुँदा एक जना घाइते भएका छन् । भने घर जलेर नष्ट भएको छ । 

मेल्लेख गाउँपालिका–४ कुष्कोटको राफाका किट्टे साउँदको घरमा आगलागी हुँदा आगो निभाउने क्रममा साउँद जलेर घाइते भएका हुन् । घाइतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको अछाम प्रहरीले जानकारी दिएको छ । 

आगलागीबाट घरभित्र रहेका कपडा, खाद्ययान्न लगाएतका सामान जलेर अन्दाजी दुई लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ। खाना पकाउने क्रममा चुुलोबाट आगो सल्किन गई शनिवार बिहान १० बजेतिर आगलागी भएको बताइएको छ । 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page