नेकपा जाेगाउन नसक्नुमा प्रचण्ड र माधवको पदीय महत्वकांक्षा (भिडियोसहित)

अछाम । नेकपा (एमालें) का केन्द्रिय उपाध्यक्ष रामबहादुर थापा –बादल) ले तत्कालीन नेकपाको एकता नटिक्नुमा पुष्पकमल दाहाल (प्रचण्ड) र माधव कुमार नेपालमा पदीय स्वार्थ जिम्मेवार भएको बताउनुभएको छ ।

नेपाल पत्रकार महासंघ अछाम शाखाद्धारा आयोजित पत्रकार सम्मेलमा प्रचण्डले एकलौटी पार्टी अध्यक्ष हुन र नेपालले प्रधानमन्त्री हुने स्वार्थका कारण नेकपा नटिकेको भनाइ राख्नुभयो ।

‘प्रचण्ड फुटे किनकी प्रधानमन्त्री हुन चाहन्थे, अध्यक्ष हुन चाहन्थे नेकपाको एक्लौटी । माधव नेपाल प्रधानमन्त्री हुन चाहन्थे, मलाई प्रधानमन्त्री चाहिँयो वा पार्टी अध्यक्ष भन्ने थियो उहाँको माग थियो ।’ थापाले पत्रकारसँग भन्नुभयो । वैचारिक रुपमा विमति नभएर पदको स्वार्थका कारण नेकपा विभाजित भएको दावी थापाको थियो ।

अहिलेको एमाले नेकपाकै निरन्तरता भएको आफूले पार्टी नबदलेर यसैमा रहेकाे भनाइ उपाध्यक्ष थापाको थियो । बरू प्रचण्ड र माधव नेपाल फूटेर गएको उहाँकाे दाबी थियो । 

हेर्नुहोस् भिडियो

 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page