जनताकाे साथमा एमाले पहिलाे पार्टी बन्छः उपाध्यक्ष थापा

अछाम । नेकपा (एमाले) का केन्द्रिय उपाध्यक्ष राम बहादुर थापाले जनताको साथमा लिएर देशको पहिलो शक्ति बन्ने भनाई राख्नुभएको छ । पार्टीको अछाम जिल्लाको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै जनताको साथमा देशको अगुवाई गर्ने भनाइ राख्नुभयो ।
देश बनाउने प्रष्ट योजना एमालेसँगै मात्रै रहेको भन्दै जनताले साथ दिएर संसदमा बहुमतका साथमा आउने गरी पार्टी अघि बढेको उपाध्यक्ष थापाको भनाई छ । नेकपा (एमाले) का प्रतिनिधिलाई लोकप्रिय मतका साथमा संसदमा बहुमत ल्याएर देश सञ्चालन ल्याउने गरेर अघि बढेको भनाइ राख्नुभयो । बहुमत विना समाजवादी क्रान्तिलाई अगाडि बढाउन नसकिने भएकाले यी सबै कुरा पुरा गर्न एमालेले बहुमत सहितको सरकारको नेतृत्व गर्न आवश्यक रहेको उहाँको भनाई छ ।
पार्टीलाई बहुमत ल्याउनका लागि केन्द्र देखि वडासम्मका पार्टीका सदस्यले खटेर काम गर्नुपर्ने निर्देशन जारी गर्नुभयो । पार्टीलाई देशको राष्ट्रिय शक्ति बनाउनका लागि मिसन ८४ को तीन महिने अभियान सञ्चालन गरेको भनाइ राख्नुभयो । पछिल्लो समय एमाले पार्टीभित्र केही व्यक्तिमा संगठनात्मक अराजकता बढेकोले पार्टीको नीति र विधि नमान्ने व्यक्तिलाई पार्टी भित्र राखेर औचित्य नभएको भनाइ उपाध्यक्ष थापाको भनाई छ ।
एमालेका पूर्व उपाध्यक्ष भीम रावलले पार्टीभित्र अराजकता काम गरेको भन्दै मातृभूमि जागरण अभियानको कुनै औचित्य नभएको भनाई छ । मातृभूमि जागरण अभियानमा लागेर कुनै व्यक्तिले समय खेर नफाल्न उपाध्यक्ष थापाको भनाई छ ।
एमाले अछामका अध्यक्ष चन्द्र बोहराको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज झपट बहादुर बोहरा, केन्द्रिय सदस्य अछाम क्षेत्र न २ का इन्चार्ज यज्ञ बहादुर बोगटी, केन्द्रिय सदस्य एवम् क्षेत्र न १ का इन्चार्ज कमल तिमिल्सिना, पार्टीका प्रदेश अध्यक्ष कृष्णप्रसाद जैसी, संविधानसभा सदस्य भैरे कामी, भरत साउद, मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहराको ंसहभागिता रहेको थियो ।
जिल्ला उपाध्यक्ष बल बहादुर कुँवरको स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन जिल्ला सचिव भीम बहादुर रावलले गर्नुभएको थियोे । भेलामा जिल्लाभरका एमालेका अगुवा नेता तथा कार्यकर्ताको सहभागीता रहेको थियोे ।