रेडक्रस मंगलसेन उपशाखामा नयाँ कार्यसमिति चयनः सभापतिमा ढुंगाना दोहोरिए

मंगलसेन । नेपाल रेडक्रस सोसाइटी मंगलसेन उपशाखाको अधिवेशन नयाँ कार्यसमिति चयन गर्दै मंगलसेनमा सम्पन्न भएको थियो । उपशाखाको ११ औं साधारणसभाले सभापतिमा पुनः नगेन्द्र प्रसाद ढुंगानाको सभापतित्वमा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो ।
समितिको उपसभापतिमा गीता ढुंगाना सचिवमा नन्दराज ढुंगाना, कोषाध्यक्षमा दान बहादुर बोगटी, उपसचिवमा वसन्तराज भाट, उपकोषाध्यक्षमा नरेश बहादुर कडायत चयन हुनुभएको छ । यस्तै कार्यसमितिको सदस्यमा डम्बर बहादुर बोगटी, रामप्रसाद भण्डारी, लक्ष्मी देवी ढुंगाना, मिनादेवी ढुंगाना, कर्ण बहादुर धामी रहनुभएको छ ।
उपशाखाका सभापति नगेन्द्र प्रसाद ढुंगानाको अध्यक्षतामा सम्पन्न भएको साधारणसभाका प्रमुख अथिति नेपाल रेडक्रस सोसाइटी अछामका सभापति रत्नप्रसाद ढुंगाना रहनुभएको थियो । प्रमुख अथिति ढुंगानाले अछाममा रेडक्रसले गरिरहेको कामको चर्चा गर्दै मानवीय सेवामा संलग्न हुन सबै नागरिकलाई आग्रह गर्नुभयो । रेडक्रस अछामले विपत र मानवीय क्षेत्रमा विगतदेखि काम गरिरहेकोले सबै क्षेत्रबाट यसमा सहयोग गर्नका आवश्यक भएको भनाई राख्नुभयो ।
कार्यक्रममा रेडक्रसका पूर्व केन्द्रिय सदस्य बृकेशसिंह बोगटी, रेडक्रस अछामका पूर्वसभापति चन्द्रमणी भाट, मंगलसेन नगरपालिकाका पूर्व उपप्रमुख सरिता उपाध्याय लगायतले मन्त्वय राख्नुभएको थियो । साधारण सभामा कार्यक्रमका अध्यक्ष ढुंगानाले उपशाखाको प्रगति र आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम उपशाखाका सचिव धन कुमार केसीले सञ्चालन गर्नुभएको थियो ।