अछामका बाँकावीरसहित दुई जनालाई सहिद घोषणा गर्न सिफारिस

मंगलसेन । अछामका बलदेव शाह (बाँकावीर) सहित सुदूरपश्चिम प्रदेश सरकारले दुइ जनालाई सहिद सहिद घोषणा गर्न संघीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । अछामका बाँकावीर र कैलालीका लोकराज ढकाललाई सहिद सहिद घोषणा गर्न सिफारिस गरिएको हो । 

सोमबार मुख्यमन्त्री कार्यालयमा बसेको मन्त्री परिषद्को बैठकले सुदूरपश्चिम प्रदेश अछाम जिल्लाको ककड शान्ता मोतिपुरकोटमा जन्मनु भएका स्वर्गीय बलदेव शाह र कैलालीको लम्किचुहा नगरपालिका ४ कौवापुरका स्वर्गीय लोकराज ढकाललाई सहिद घोषणाका लागि नेपाल सरकार गृह मन्त्रालयमा सिफारिस पठाउने निर्णय गरेको हो । 

बलदेव शाह श्री ३ जङ्गबहादुर शाहको निरंकुश शासनविरुद्ध लड्दै गर्दा मारिनु भएको थियो । विसं १९०४ र १९०५ मा निरंकुश राणातन्त्रको अत्याचार, सैनिकको दमन र भ्रष्टाचारविरुद्ध युद्ध गरेको र सोही युद्धलाई दबाउन जंगबहादुर राणाले  १९०६ मा बलदेबको हत्या भएको मानिन्छ ।

कांग्रेसको भातृ संगठन नेपाल तरुण दलका तत्कालीन जिल्ला कार्यसमिति सदस्य लोकराजको द्वन्द्वको समयमा विद्रोही पक्षबाट राति घरमा सुतिरहेको अवस्थामा विसं २०५५ साल माघ ४ गते  हत्या गरेको थियो ।

वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले केही केही वर्षअघि बाँकावीर सहिद भएको भन्दै काठमाण्डौंमा आयोजित एक कार्यक्रममा बताउनुभएको थियो । बाँकावीर नेपालको पहिलो सहिद भएको दाबी गरिदै आएको छ ।  श्रोतः गोरखापत्र

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page