मंगलसेन नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताः षोडशा मावि प्रथम, शिशुसुधार अन्तिममा

अछाम । मंगलसेन नगरस्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताकामा षोडशा मावि प्रथम भएको छ । २३ पदकसहित षोडशा मावि प्रथम भएको हो । दश पदकसहित मंगला नेपाल राष्ट्रिय मावि दोस्रो र ६ पदकसहित अछाम बहुमुखी क्याम्पस तेस्रो भएको छ ।
षोडशाले सबैभन्दा बढी १३ स्वर्ण, ६ रजत ४ कास्य प्राप्त गरेर प्रथम भएको हो । दोस्रो भएको मंगला नेपाल राष्ट्रिय माविले ३ स्वर्ण, २ रजत र ४ कास्य प्राप्त गरेको छ । यस्तै तेस्रो स्थान सुरक्षित गरेको अछाम बहुमुखी क्याम्पसले ३ स्वर्ण, १ रजत र २ कास्य प्राप्त गरेको छ । प्रथम, दित्तिय र तृतिय हुने विद्यालय र विधागत प्रथम, दित्तिय हुनेलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । यस्तै प्रतियोगितामा सहभागी हुने विद्यालय, निर्णायक, सुरक्षाकर्मी पत्रकार र स्वयमसेवलाई प्रमाणपत्र प्रदान गरिएको छ ।
प्रतियोगिामा समापन कार्यक्रममा शुभकामना मन्तव्यका क्रममा शुभकामना र बधाई दिनुहुने वक्ताहरूले खेल क्षेत्रको विकास र विस्तारमा सबै पक्षले ध्यान दिनका लागि सुझाव दिनुभएको छ । कार्यक्रमका प्रमुख अथिति संविधानसभा सदस्य भैरे कामीले खेल क्षेत्रको विकासमा राज्यको लगानी र खेलाडीको मिहनेत हुनुपर्ने भनाई राख्नुभयो । प्रमुख अथिति कामीले खेलका आवश्यक भौतिक संरचना निर्माण र खेलाडीको सुरक्षामा विशेष ध्यान दिनपनि आग्रह गर्नुभयो ।
समापन कार्यक्रमका अध्यक्ष तथा मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहराले आफू जनप्रतिनिधि भइसकेपछि खेल मैदान र खेल क्षेत्रको विकासमा सक्रिय रहेको भनाइ राख्नुभयो । नगर प्रमुख बोहराले आगामी दिनमा खेल क्षेत्रको विकास र विस्तारमा आफू क्रियाशील नै रहने भनाई छ । जनप्रतिनिधि, राजनीतिक दल, प्रधानाध्यापक, पत्रकारलगायतले बधाइ सहितको मन्तव्यका क्रममा खेल क्षेत्रमा लागनी गरेर प्रतिभा पहिचानमा जोड दिनुपर्ने भनाइ राख्नुभयो । जिल्लास्तरीय प्रतियोगितामा मंगलसेन नगरपालिकाको उत्कृष्ठ प्रदर्शनको शुभकामनामा वक्ताहरुले जोड दिएका थिए ।
माघ ३ गते मंगलसेन बृहत खेल मैदानबाट शुरू भएको प्रतियोगिता नगर क्षेत्रका १२ वटा विद्यालयका छात्रछात्राहरूको सहभागिता रहेको थियो । मंगलसेन नगरपालिका शिक्षा तथा खेलकुद शाखाको आयोजनामा सम्पन्न प्रतियोगिताबाट जिल्लास्तरीय खेलाडी छनौट हुनेछन् । प्रतियोगितामा कुन्ती मावि, राधा मावि, षोडशा मावि, अछाम बहुमुखी क्याम्पस, गंगा मावि, जाल्पा मावि, मंगला नेरा मावि, कालिका मावि, पार्वती मावि, यशोधरा मावि, शिशुसुधार मावि, अन्नपूर्ण मावि प्रतियोगितामा सहभागी भएका थिए ।
षोडशा मावि र कालिका माविको छात्रा कबड्डी खेलमा विवाद उत्पन्न भएपछि कालिका माविले खेल नै छाडेर आइतबार नै घर फर्किसकेको थियो । खेलका क्रममा निर्णायकले सही निर्णय गर्न नसकेको भन्दै कालिका मावि निकट व्यक्तिहरुको असन्तुष्टि रहेको थियो । कालिका माविको असन्तुष्टि बाहेक प्रतियोगिता शान्तपूर्ण रुपमा सफलतापूर्वक सम्पन्न भएको आयोजक पक्षले जानकारी दिएको छ । मंगलसेन नगरपालिका शिक्षा तथा खेलकुद शाखाको आयोजनामा उक्त प्रतियोगिता ६ दिन चलेको थियो । प्रतियोगिता समापन कार्यक्रमको सञ्चालन मंगलसेन नगरपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख जगत बहादुर रावलले गर्नुभएको थियो ।
कुन विद्यालयका कसले कति पदक ल्याए ? हेर्नुस् तालिका