वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि हातपात गर्ने व्यक्ति पक्राउ

काठमाडौं । जिल्ला अदालत परिसरमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।

ललितकुमार केसी नाम गरेका उनको हाल ठेगाना खुलेको छैन। प्रहरीका अनुसार उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो।

बुधबार त्रिपाठिमाथि अदालत गेट बाहिर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका कार्यकर्ताले दुर्व्यवहार गरेका थिए।

जाहेरवालाको तर्फबाट बहस गरेर बाहिर निस्केका त्रिपाठीमाथि केही व्यक्तिले हातपातको प्रयास गरेका थिए।

काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीका अभियुक्त एवं रास्वपा सभापति रवि लामिछानेविरूद्धको मुद्दामा त्रिपाठीले जाहेरवालाको तर्फबाट बहस गरेका छन्।

सो मुद्दामा ६० लाख धरौटी बुझाएर लामिछाने हिरासतमुक्त भइसकेका छन्।

नेपालखबर डटकमबाट साभार

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page