यी हुन् माधव नेपालसहित जग्गा काण्डका ९७ जना आरोपी (नामावली सहित)
अछाम । हदबन्दी छुटको सरकारी तथा सार्वजनिक जग्गा गैरकानुनी रूपमा सट्टापट्टा र बिक्री गर्न दिएको आरोपमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र पूर्वमन्त्री डा. मिनेन्द्रप्रसाद रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा आरोपपत्र दर्ता गरेको हो। आयोगले प्रतिवादीहरूविरुद्ध जनही ७३ करोड ४९ लाख ५६ हजार रुपैयाँ बिगो मागदाबी गरेको छ।
पूरा विवरण यसमा छ ।
