एमाले अछामद्वारा संविधान दिवस मनायो

अछाम । नेकपा (एमाले) अछामले संविधान दिवसका अवसरमा आज सदरमुकाम मंगलसेनस्थित पार्टी कार्यालयमा विशेष कार्यक्रम आयोजना गरी संविधान दिवस मनाएको छ । नेपालको संविधान जारी भएको ऐतिहासिक दिनको स्मरण गर्दै एमाले अछामले पार्टी कार्यालयमा कार्यक्रम शुभकामना कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रमका प्रमुख अथिति तथा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य भीम बहादुर जनालाले संविधानको प्रभावकारी कार्यान्वयन अहिलेको प्रमुख आवश्यकता रहेको भनाइ राख्नुभएको थियो । देशी/विदेशी शक्तिहरूले नेपालको संविधानलाइ असफल बनाउने प्रयास गरिरहेको भन्दै यसको प्रभावकारी कार्यान्वयनमा ध्यान दिनुपर्ने भनाइ राख्नुभयो । वर्तमान सरकार संवैधानिक सर्वोच्चता र कानुनी राज्यको असफलताबाट अरालो लागिसकेको भनाइ राख्नुभयो । ‘अरूका कारण हैन, यो सरकार अफै अरालो लागि सक्यो, धेरै पर जादैन ।’ जनालाले भन्नुभयो ।

नेकपा अछामका पूर्व अध्यक्ष चन्द्र बोहराले २०७२ को संविधान नागरिका प्रतिनिधिले उत्कृष्ठ संविधान बनाएको भन्दै देशको हित नेपालीको भलो नचाहिनेहरूले यो संविधाको चिरहणको प्रयास गरेको भनाइ राख्नुभयो । बोहराले नेपालको संविधानको रक्षा र पालना गर्दै देश विकासमा जानुपर्ने सरकार उल्टो बाटोतिर गइरहेकको भनाइ राख्नुभयो । देशमा अराजकता बढेको भन्दै महंगी, ग्यास अभाव, सुकुम्वासीको बिचल्ली बनाउने, विना प्रमाण धरपकडमा उत्रने सरकार असफलताको बाटोतिर गइरहेको भनाइ राख्नुभयो । अनेरास्ववियु अछामका अध्यक्ष भीम बडाहितले वर्तमान सरकारले युवाहरूमा अश देखाएर निराशामा परिणत गरिरहेको भनाइ राख्नुभयो । उहाँले युवा पुस्ताका नाममा बालेन सरकारले नागरिकका हितमा नरहेको भनाइ राख्नुभयो ।

कार्यक्रममा भनाइ राख्ने वक्ताहरूले वर्तमान सरकारका चरम नागरिक विरोधी कार्यहरूको जनतासम्म सूचना लैजान भनाइहरू राखेका छन् । अछामजस्ता दुर्गम तथा ग्रामीण क्षेत्रका नागरिकले संविधानले प्रदान गरेका अधिकार र राज्यबाट उपलब्ध हुने सेवा–सुविधाको प्रत्यक्ष अनुभूति अहिलेको सरकारले गर्न नसकेको भनाइ राखेका छन् ।

एमाले अछामका सचिव हिरण्ड भट्टराइको अध्यक्षतामा सम्पन्न शुभकामना कार्यक्रममा एमाले अछामका सचिवालय सदस्य सरिता उपाध्यायले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन जिल्ला कमिटी सदस्य तथा कार्यालय सचिव पुष्प कठायतले गर्नुभएको थियो । उक्त कार्यक्रममा नेकपा एमाले अछामका जिल्ला तहका नेता तथा कार्यकर्ता, जनप्रतिनिधि, विभिन्न जनवर्गीय संगठनका प्रतिनिधि तथा पार्टी शुभेच्छुकहरूको सहभागिता रहेको थियो ।

नेपालको संविधान २०७२ साल असोज ३ गते जारी भएको दिनको स्मरणमा हरेक वर्ष असोज ३ गते संविधान दिवस मनाउने गरिन्छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page

error: Content is protected !!