ओढारमा लुकाइ राखेको भरूवा बन्दुक बरामद

अछाम । अछामको मेल्लेख गाउँपालिका–६ झडीगाउँस्थित ओढारमा लुकाइराखेको अवस्थामा अछाम प्रहरीले भरूवा बन्दुक फेला पारेको छ । गस्तीका क्रममा आज बिहान करिब ८ बजेतिर बिलेख खोलाको छेउमा रहेको ढुङ्गाको ओढारमुनि लुकाइराखेको अवस्थामा बन्दुक फेला परेको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक पबिन्द्र बहादुर बम्मले जानकारी दिनुभयो ।

उक्त गस्ती प्रहरी चौकी मेल्लेखबाट प्रहरी सहायक निरीक्षक धर्मानन्द भट्टको नेतृत्वमा तीन जनाको रहेको थियो । भरूवा बन्दुक फेला परेपछि अछाम प्रहरीले आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको बताइएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page

error: Content is protected !!