भालुको आक्रमणबाट युवक गम्भीर घाइते
अछाम । भालुको आक्रमणमा परेर अछाममा एक युवक गम्भीर घाइते भएका छन् ।
जिल्लाको चौरपाटी गाउँपालिका–६ दुनी सेलपाखा निवासी डिल्ली सिंह आउजीका नाति नवीन आउजी गम्भीर घाइते भएका छन् । घाइतेको उपचारका लागि वयलपाटा अस्पतालमा लिइएको बताइएको छ ।
नवीनलाई भालुले आक्रमणबाट घाइते भएपछि उपचारका लागि बयालपाटा अस्पताल लागिएको आफूले सामाजिक सञ्जालबाट जानकारी पाएको चौरपाटी गाउँपालिका अध्यक्ष भीमबहादुर साउँदले लेख्नुभएको छ । घटनाको विस्तृत विवरण तथा भालुको आक्रमण भएको स्थान र समयबारे थप जानकारी आउन बाँकी छ ।
घटनाप्रति स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् ।
