अछाम आउँदै गरेको गाडी दैलेखमा दुर्घटना, ६ जना घाइते

अछाम । सुर्खेतबाट अछाम आउँदै गरेको फोर्स गाडी दैलेखमा दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । सुप्र ०१–००१ ख ३०७२ नम्बरको फोर्स गाडी दैलेखको गुराँस गाउँपालिका–१ स्थित मैनेखोलामा दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार आज बिहान ८ बजेतिर गाडी दुर्घटना भएर सडकबाट करिब ३०० मिटर तल खसेको हो । घाइतेहरूलाई उद्धार गरी उपचारका लागि सुर्खेत लिइएको छ ।

घाइते भएका मध्येमा कमलबजार नगरपालिका–६ हात्तिबाजका चक्र शाही र महिला सुमन शाहीको पहिचान खुलेको बताइएको छ । बाँकीको पहिचान खुल्न बाँकी रहेको छ । 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page

error: Content is protected !!