अछामको मतगणना भोलिबाट, मतपेटिका धमाधम पुग्दै

अछाम । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अछाममा भोली शुक्रबारबाट शुरु हुने भएको छ । मतगणनाका लागि भोलि बिहान ७ बजे मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय बैठक पश्चात मत गणना हुने बताइएको छ । क्षेत्र नं १ को मतगणना साँफेबगर र क्षेत्र नं. २ को मतगणना सदरमुकाम मंगलसेनमा हुने छ ।

रातीसम्म मतपेटिका संकलनका कार्य गरेपछि बिहानको सर्वदलीय बैठकपछि मतगणना शुरु गरिने मुख्य निर्वाचन अधिकृत रोशनकुमार भट्टराईले जानकारी दिनुभयो । 

यस्तै क्षेत्र नं. १ को मतगणना पनि भोलि मात्रै गरिने निर्वाचन अधिकृत भोलाराज रेग्मीले जानकारी दिनुभयो । राती १२/१ बजेसम्म मतपेटिका पुग्छन्, अनि भोली बिहान बैठक गरेर मतगणना गरिन्छ । रेग्मीले भन्नुभयो ।

मतगणनाको आवश्यक तयारी पूरा भएको बताइएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page

error: Content is protected !!