कोहलपुर बलात्कार घटनाका आरोपी अछाममा पक्राउ 

अछाम । २० वर्षभन्दा कम उमेरकी बालिकालाई बलात्कार गरेको आरोप लागेका एक व्यक्ति अछाममा पक्राउ परेका छन् । अछामको तुर्माखाँद गाउँपालिकाका २० वर्षीय एक पुरुषलाई अछाम प्रहरीले आज दिउसो रहफबाट नियन्त्रणमा लिइएको हो । 

बाँके जिल्लाको कोहलपुर ११ मा जेठ ७ गते भएको भनिएको घटनामा पीडित पक्षले १४ गते कोहलपुर प्रहरीमा उजुरी दिएका थिए । घटना पश्चात आरोपीलाई खोजीका क्रममा पक्राउ परेका व्यक्तिलाई प्रहरी चौकी रहफमा राखिएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक इश्वरी प्रसाद भण्डारीले जानकारी दिनुभयो । पक्राउ परेका ति व्यक्तिलाई आवश्यक प्रक्रियापछि इलाका प्रहरी कार्यालय कोहलपुर बुझाइने भण्डारीको भनाई छ ।  

जबरजस्ती करणी कसुर मुद्दामा अनुसन्धानको क्रममा वारदात पश्चात भागेर फरार रहेका ति व्यक्तिलाई प्रहरी चौकी रहफका प्रहरी सहायक निरीक्षक उत्तम सिंह कार्कीको कमाण्डमा खटी गएको प्रहरी टोलीले नियन्त्रणमा लिइएको बताइएको छ ।  लिई प्र.चौ. रहफमा राखिएको । निजलाइ आवश्यक थप अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय कोहलपुरलाइ बुझाउने कार्य भैरहेको बताइएको छ । 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page

error: Content is protected !!