एमाले केन्द्रिय सदस्य भट्ट अछाममाः नेता कार्यकर्ताद्वारा भव्य स्वागत
अछाम । नेकपा (एमाले) का केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्ट अछाम आइपुग्नु भएकाे छ । भोलिदेखि मंगलसेनमा सुरु हुने नेकपा (एमाले) अछामको ९ औँ जिल्ला अधिवेशनको उद्घाटनका लागि भट्ट अछाम आइपुग्नु भएको हाे ।
सचिव भट्टसँगै एमाले सुदूरपश्चिम प्रदेशका सचिव रणबहादुर चन्द र पार्टी निर्वाचन आयोगका प्रमुख डा. विजय सुब्बा र सदस्य हरिप्रसाद भण्डारी पनि अछाम जिल्लामा आइपुगेका छन् । सेवा निवृत भण्डारी अछाम जिल्लाका पूर्वप्रमुख जिल्ला अधिकारी पनि हुनुहुन्छ ।
केन्द्रिय सचिव भट्टलाइ एमाले केन्द्रिय सदस्य तथा अछाम इन्चार्ज झपट बहादुर बाेहरा, केन्द्रिय सदस्य तथा अछाम क्षेत्र नं. १ का इन्चार्ज कमल तिमिल्सेना, क्षेत्र नं. २ का इन्चार्ज यज्ञ बाेगटी, जिल्ला अध्यक्ष चन्द्र बाेहरा लगायतका नेता, कार्यकर्ताले स्वागत गरेका हुन् । सचिव भट्टकाे टोली काठमाडाैबाट हवाइजहाजबाट सुर्खेतमा आएर सुर्खेतबाट कर्णाली राजमार्ग भएर अछामकाे खण्डमा मध्यपहाडी राजमार्ग भएर मंगलसेनमा आइपुगेकाे हाे ।
