सम्पादक ढुंगाना सम्मानित
काठमाडाैं । मोफसलमा बसेर पत्रकारिता मार्फत कृषि क्षेत्रमा योगदान पुर्याएको भन्दै यस मिराकलपाटी अनलाइनका सम्पादक शिवराज ढुंगाना सम्मानित भएका छन् । आइतबार काठमाडौंको खुमलटारस्थित राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रमा तरकारी उत्पादन किसान संघद्धारा आयोजित घोषणापत्र सार्वजनिक कार्यक्रममा ढुंगानासहितलाई सम्मान गरिएको हो ।
दुर्गम क्षेत्रमा बसेर कृषि पेसाको विकास र विस्तारमा समाचार सम्प्रेषण गरेर सहयोग पुर्याएको भन्दै ढुंगानालाई अखिल नेपाल किसान महासंघका केन्द्रिय अध्यक्षले सम्मान पत्र, दोसल्ला र मालाले सम्मान गरिएको हो । किसानका समस्या र राज्यका नीतिका बारेमा समाचार, रिपोर्ट बनाएर कृषि क्षेत्रमा अतुलनीय योगदान गरेको भन्दै कृतज्ञता सहित सम्मान गरिएको छ ।
