मुख्यमन्त्री शाहलाई अछाम बहुमुखी क्याम्पसको चार बुँदे माग पत्र

मंगलसेन । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहलाई अछाम बहुमुखी क्याम्पसले आफ्ना मागहरु प्रस्तुत गरेको छ । मंगलसेन पुग्नुभएका मुख्यमन्त्री शाहलाई क्याम्पसमा एक स्वागत तथा सम्मानका साथमा चार बुँदे मागपत्र बुझाएको हो ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष पदम बहादुर बोहराले बुझाएको मागपत्रमा अछाम बहुमुखी क्याम्पसको पुस्तकालय र चमेना गृह निर्माण्, छात्रावास अधुरा कार्य (प्लाष्टर, रंगरोगन, बिजुली, फर्निचर आदि) सम्पन गर्नका लागि आवश्यक बजेट विनियोजन गरिदिन माग गरिएको छ । यस्तै प्रदेश सरकारको सुदूरपश्चिमका नमूना क्याम्पस कार्यक्रमलाई निरन्तरता र अछाम बहुुमुखी क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस बनाउन पहल गरिदिन माग गरिएको छ ।

अध्यक्ष बोहराले छात्रवास, पुस्तकालय, चमेना गृह लगायतका समस्या भएकोले पटक पटक माग गरिएपनि सम्बोधन नगरिएकोले यस पटक माग पुरा गर्न आग्रह गर्नुभएको छ । क्याम्पस सञ्चालक समिति अध्यक्ष बोहरा र निमित्त क्याम्पस प्रमुख मान बहादुर बुढाको संयुक्त हस्ताक्षरबाट माग पत्र बुझाइएको हो ।

माग पत्र बुझाउने क्रममा सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्का, जिल्ला समन्वय समिति प्रमुख ललित बहादुर कुँवर, क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष यज्ञराज ढुंगाना, निवर्तमान क्याम्पस प्रमुख छत्र बहादुर विष्ट लगायतका व्यक्तिहरु रहनुभएको थियो ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page