चितुवाको आक्रमणबाट सचेत रहन रहफवासीलाई अछामका प्रजिअको अनुरोध

अछाम । तुर्माखाँदमा चितुवा देखिएको भन्दै सावधानी अपनाउन सार्वजनिक सूचना जारी गरिएको छ । प्रकाशित गरिएको सार्वजनिक सूचनामा चितुवाबाट सुरक्षित रहने, आक्रमण गरेका क्रममा, आक्रमण गरेपछि र घाइते भएपछिको उपाय सहित सुरक्षित रहन आग्रह गरिएको छ ।

तुर्माखाँद गाउँपालिका–१ रहफको खिरापानी सामुदायिक वन क्षेत्रमा बिरामी जस्तो चितुवा बिरामी जस्तो अवस्थामा देखिएकोले सबैले सावधान हुन भनिएको छ । उक्त चितुवाबाट हुनसक्ने आक्रमणबाट सावधानी अपनाएर सुरक्षित रहन सूचनामा आग्रह गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्सालले फेसबुकमा राख्नुभएको सूचनामा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र डिभिजन वन कार्यालयले संयुक्त रुपमा यस्तो आव्हान गर्नुभएको हो ।

सूचनामा साँझ बखत वा राती हिँडडुल नगर्ने, बाहिर जानै परेमा समूहमा लठ्ठी लिएर मात्र निस्कने, बालबालिकाहरूलाई एक्लै वनतिर वा झाडीमा जान रोक्ने, चितुवाको ताजा पाइला वा गन्ध थाहा पाउने बित्तिकै सतर्क रहने भनिएको छ । यस्तै चितुवा देखिएपछि अन्य जनावरको आवाजबाट पहिचान गर्ने राती घरको झ्यालढोका राम्ररी बन्द गर्ने, घर वरिपरि राती बत्ति बाली राख्ने, गाईवस्तुहरूलाई सुरक्षित गोठमा राख्ने भनिएको छ ।

सुरक्षित रहँदैरहँदा पनि चितुवाले आक्रमण आएका लौरोको जोडले चितुवाको नाकमा हान्ने, चितुवाले पछाडिको पञ्जाले पेटतिर पनि चिथोर्न सक्ने हुँदा आक्रमण गरी पल्टाएको अवस्थामा हातले आफ्नो टाउको र घाँटी जोगाउने साथै भुइँमा डल्लो पारी खुट्टाले पेटलाई जोगाउने प्रयास गर्ने भनिएको छ । यस्तै मान्छेलाई आक्रमण गरेको थाहा पाउने बित्तिकै गाउँहरू खबर दिने साथै वडा कार्यालय, नजिकको प्रहरी वा अन्य निकायमा जानकारी दिने गर्न सुझाव दिइएको छ ।

चितुवाले आक्रमण गरिहालेमा शरीरको कुनै भागमा रगत बगेको छ भने तुरुन्त रोक्ने गर्नुपर्ने भनिएको छ । यस्तै चितुवाले अङ्गभङ्ग बनाएको छ भने त्यस अङ्गलाई सुरक्षित राखेर छिटोभन्दा छिटो प्राथमिक उपचार केन्द्र वा अस्पताल लैजान सुझाव छ ।

Mangalsen Ward
सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page