बाजुरा केन्द्रबिन्दु बनाएर ५ दशमलव २ म्याग्निच्युडकाे भूकम्प
अछाम । सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्ला केन्द्र बिन्दु बनाएर भूकम्प गएकाे छ । शनिबार बिहान ४ः १४ बजेतिर सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा मानिसहरूले भूकम्पको धक्का महसुस गरेका छन् ।
बाजुरा जिल्लाको गोत्री नजिक केन्द्रबिन्दु बनाएर ५ दशमलव २ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्पकाे धक्का महसुस भएपछि केही मानिसहरू घर बाहिर गएकाे बताइएकाे छ । पछिल्लाे समय यस क्षेत्रमा भूकम्पको धक्का गइरहेका छन् । नेपालको सुदूरपश्चिम क्षेत्र भूकम्पको उच्च जोखिममा रहेकाे केही जानकारहरूका भनाइ अाइरहेका छन् ।