स्वआर्जनमा जोड्दै एनआइसी एसिया लघुवित्तः कृषकहरूलाई बाख्रापालन तालिम

अछाम । बाख्रापालनबाट स्वआर्जन गरेर समृद्ध बन्नका लागि एनआइसी एसिया लघुवित्त वित्तिय संस्थाले दुई दिने बाख्रापालन तालिम दिएको छ । लघुवित्तको मंगलसेन शाखाद्धारा मंगलसेन नगरपालिका–६ तेसिंगे र ७ जनालीका ३७ जनालाई आधारभूत बाख्रापालन तालिम प्रदान गरिएको हो । उक्त वडाका लघुवित्त सदस्यहरुले स्वआर्जनका लागि बाख्रापालनलाई प्रभावकारी बनाउनका लागि तालिम दिइएको लघुवित्तका मंगलसेन शाखाका प्रमुख जयराज ढुंगानाले जानकारी दिनुभयो ।

तालिममा व्यावसायिक बाख्रापालनको परिचय, महत्व, बजार, रोग नियन्त्रण तथा प्रजनन व्यवस्थापन, हेरचाह, खोर व्यवस्थापन लगायतका विषयहरुमा तालिम दिइएको हो । मंसिर ३० र पुस १ गते गरेर दुई दिनको तालिम प्रदान गरिएको हो । बाख्रापालन सम्बन्धि तालिम कषि प्राविधिक नविन ढुंगानाले सहजिकरण गर्नुभएको बताइएको छ ।

समूह सदस्यहरुको क्षमता अभिवृद्धि गरी स्वरोजगार सिर्जना गर्ने उद्देश्यका साथ बाख्रापालन व्यवसाय गर्दै आएका र गर्न चाहने आफ्ना समूहका सदस्यहरुलाई एक दिने तालिम दिएको हो । परम्परागत रुपमा बाख्रा पाल्दै आएका किसानहरुको क्षमता बढाएर व्यवसायिक बनाउँदै आत्मनिर्भर बनाउन संस्थाले विभिन्न किसिमका तालिम दिइएको प्रमुख ढुंगानाको भनाइ छ ।

तालिममा उक्त लघुवित्तका सुदूरपश्चिम प्रमुख डिपी तिमिल्सेना, मगलसेन नगरपालिका–६ अध्यक्ष देवेन्द्रप्रसाद भण्डारी, पूर्व वडा अध्यक्ष जनक भण्डारी, समाजसेवी तथा वडा सदस्य दुर्गा प्रसाद भण्डारी, अनुगमन अधिकृत कलम बहादुर थापा, शाखा प्रमुख जयराज ढुंगाना, कर्मचारीहरु र सदस्यहरु रहेका थिए ।

एनआइसी एसिया लघुवित्त वित्तिय संस्थाले सीपमूलक तालिम, उद्यमशीलता विकास तालिम, सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आर्थिक, सामाजिक, बौद्धिक विकास गर्दै आएको छ । संस्थाले रकम जम्मा, ऋण लगानी गर्ने गरेको छ ।

Mangalsen Ward
सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page