अछाम प्रशासन कार्यालय कार्यसम्पादनमा ५८ औं स्थानमा (सूचीसहित)

अछाम । गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयको कार्यसम्पादन मूल्यांकनमा अछाम ५८ स्थानमा परेको छ । गृह मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासिक कार्यसम्पादनमा २६ दशमलव ७१७५ अंक प्राप्त गरेर अछाम ५८ औ स्थानमा परेको छ ।
सुदूरपश्चिम प्रदेशका नौ जिल्ला प्रशासन कार्यालयले गरेको कार्यसम्पादन मूल्यांकन मध्येमा अछाम आठौ नम्बरमा परेको छ । कार्यसम्पादनको आधारमा अछाम जिल्ला प्रशासन कार्यालय पछाडि जिल्ला प्रशासन कार्यालय बैतडी मात्रै रहेको पाइएको छ । अरु सात जिल्ला भने अछाम जिल्ला भन्दा कार्यसम्पादन मूल्यांकनमा अगाडि रहेको तथ्यांक मन्त्रालयले सार्वजनिक गरेको छ ।
७७ जिल्ला मध्येमा सबैभन्दा बढी अंक प्राप्त गरेर डडेल्धुरा र पाल्पा जिल्ला प्रथम भएका छन् । डडेल्धुरा र पाल्पाले २९ दशमलव ०७५ नम्बरका साथमा प्रथम भएका हुन् । यस्तै दोश्रोमा मकवानपुर र तेश्रोमा पर्वत जिल्ला प्रशासन कार्यालय परेको छ ।
उत्कष्ठ १० जिल्ला प्रशासन कार्यालयमा सुदूरपश्चिमबाट कञ्चनपुर जिल्ला प्रशासन कार्यालय आठौं नम्बरमा परेको छ । १९ नम्बरमा दार्चुला, २७ मा डोटी, ४२ मा बझाङ, ४७ मा कैलाली, ५४ मा बाजुरा र ६३ औं नम्बरमा बैतडी जिल्ला प्रशासन कार्यालय परेको छ ।