अछाममा असइद्वारा आफ्नै छातिमा गोलि प्रहार, आइसियुमा उपचार हुँदै
अछाम । नेपाल प्रहरीका एक प्रहरी सहायक निरीक्षक (असई) ले आफैमाथि गोली प्रहार गरेका घटना बाहिरिएको छ । तुर्माखाद गाउँपालिका–६ भैरवस्थान प्रहरी चौकीका इन्चार्ज असई किसनबहादुर चन्दले आफैलाई बिहीबार राति गोली प्रहार गरिएको बताइएको छ ।
चन्दले आफैंले बोकेको पेस्तोल बिहीबार राती करिब ९ः३० बजेतिर बाँया छातीको माथिल्लो भागमा प्रहार गरेको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक इश्वरी प्रसाद भण्डारीले जानकारी दिनुभयो । घाइते भएका चन्दलाई घटना लगत्तै सुर्खेत हुँदै कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । आइसियुमा राखेर उपचार भइरहेको चन्द उपचाररत चन्द बोल्न सक्ने अवस्थामा रहेका बताइएको छ ।
गोली प्रहार घटनाको बारेमा सात दिन भित्र प्रतिवेदन बुझाउने गरेर कमलबजार इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक हर्ष बहादुर चन्दको नेतृत्वमा एक छानविन समिति गरेर अनुसन्धान थालिएको प्रमुख भण्डारीले जानकारी दिनुभयो ।