अछाम जिल्ला अस्पतालमा जटिल शल्यक्रिया सुरु

अछाम । जिल्ला अस्पताल, मंगलसेनमा पहिलो पटक जटिल किसिमको एपेन्डिसाइटिसको सफल शल्यक्रिया गरिएको छ । अछाम अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीले बाजुराबाट आएका बिरामीको सफल रुपमा सल्यक्रिया गरिएको हो ।

बाजुरा जिल्लाको बडीमालिका नगरपालिकाका ५० वर्षीय एक पुरुषको अछाम अस्पतालमा सफल शल्यक्रिया गरिएको हो । “बाजुराबाट रिफर आएका एक बिरामीको जाँच गर्दा एपेन्डिसाइटिस भएको निष्कर्षमा पुग्यौ, अवस्था गम्भीरै थियो, हामीले अप्रेसन सफल बनायौं ।” शल्यक्रियामा संलग्न रहनुभएकी अस्पतालका सूचना अधिकारी गंगा बुढा मगरले जानकारी दिनुभयो । शल्यक्रियाका क्रममा अस्पतालका एमडिजिपी चिकित्सक कमलेश प्रसाद यादव र अधिराज आचार्य, एनेस्थेसियामा गंगा बुढा मगर, दीपेन्द्र शर्मा, नर्स ममता शाहको टोली संलग्न रहेको बताइएको छ ।

पहिलो पटक अस्पतालमा रहेका उपकरणहरुको उपयोग गरेर शल्यक्रिया सफल भएकोमा बिरामी परिवारसँगै स्वास्थ्यकर्मीहरु हर्षित भएका छन् । यसभन्दा अघि जिल्ला अस्पताल अछाममा कुनै खालको ठूलो शल्यक्रिया हुन सकेको छैन । एपेन्डिसाइटिसको शल्यक्रिया सफल भएसँगै हर्निया, हाइड्रोसिलको शल्यक्रिया थालिएको बताइएको छ । यस्तै आवश्यक उपकरणको प्रबन्ध गरेर अछाम अस्पतालमै हड्डीको पनि शल्यक्रिया गर्न सकिने अस्पताल अस्पतालका एमडिजिपी डाक्टर यादवको भनाई छ ।

जिल्ला अस्पतालमा दक्ष चिकित्सको अभावमा सामान्य रोगका लागि जिल्ला बाहिर महंगो रुपैया तिरेर जानुपर्ने बाध्यता रहेको भन्दै हरेक छलफलमा बहस बन्दै आएको । जिल्ला अस्पतालको स्तरोउन्नति गरेर बिरामीको सहज उपचार जिल्लामै पाउनुपर्ने बहस चर्को बन्दै आइरहेको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page