मुजाबगर दशैंमा युवकको हात छिनालियो, जाेडिने न्यून सम्भावना

अछाम । दशैं मनाउने क्रममा रामारोशन गाउँपालिकाको मुजाबगरमा शुक्रबार बेलुकी रागो काट्ने क्रममा एक व्यक्तिको हात नै छिनालिएको छ । हात छिनालिनेमा रामारोशन गाउँपालिका–२ चाफामाण्डौंका २६ वर्षीय शिव लुहार रहेका छन् । कात्तिक शुक्ल पुर्णिमामा मुजाबगरमा राँगा बोकाको बली दिने प्रचलन रहेको छ ।

मंगलसेन नगरपालिका–१२ बान्नातोलीका २५ वर्षीय रमेश जनालाले रागोलाई प्रहार गर्ने खुँडा लुहारको हातमा लागेको बताइएको छ । लुहारको बाँया हातको नाडीमा खुँडा लागेर घाइते भएको र वयलपाटा अस्पतालमा उपचारका लागि लिइएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक इश्वरी प्रसाद भण्डारीले जानकारी दिनुभयो ।

हातका सबै नसा काटिएकोले छिनालिएको हात जोड्न नसकिने वयलपाटा अस्पतालका चिकित्सकहरुले निष्कर्ष निकालिएको बताइएको छ । घाइतेको हातबाट अत्याधिक रक्तश्राव भइरहेको र त्यसलाई नियन्त्रणका लागि वयलपाटा अस्पतालका स्वास्थ्यकर्मीहरु खटिरहेको अछाम प्रहरी प्रमुख भण्डारीले जानकारी दिनुभयो ।

खुडा प्रहार गर्ने रमेशलाई अछाम प्रहरीलाई नियन्त्रणमा लिएर प्रहरी चौकी शान्तडामा राखिएको छ । दशैका बेलामा राँगालाई दौडाएर केही व्यक्तिहरु ठूला हतियार लिएर सामुहिक रुपमा राँगा काट्न जाने प्रचलन रहेको छ ।

Mangalsen Ward
सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page