मानव अधिकार तथा शान्ति समाजको साधारणसभा सम्पन्न

मंगलसेन । मानव अधिकार तथा शान्ति समाज अछाम शाखाको २१ औं वार्षिक साधारण सभा शनिबार मंगलसेनमा सम्पन्न भएको छ । नागरिक आकांक्षा, स्वतन्त्रता र सर्वोच्चता भन्ने मूल नाराका साथ एक औपचारिक कार्यक्रमका साथमा साधारणसभा सम्पन्न गरिएको हो ।

साधारण सभाको उद्घाटन गर्दै समाजका केन्द्रिय महासचिव प्रकाश शाहीले नेपालमा संविधान निर्माण, मानवअधिकार, शान्तिका क्षेत्रमा मानवअधिकार तथा शान्ति समाजले अग्रणी भूमिका खेलेको दाबी गर्नुभयो । पछिल्लो समयमा राजनीतिक दलहरु नागरिकप्रति जिम्मेवार नभएको भन्दै देशमा अराजकता र अशान्त अवस्था सिर्जना भएको भन्दै समाजले यसलाई गम्भीर रुपमा हेरिरहेको भनाइ राख्नुभयो । जेन्जी आन्दोलनपछि देशमा अन्यौलताको अवस्था भएको भन्दै यसमा सबै पक्ष गम्भीर भएर निकास निकाल्नुपर्नेमा जोड दिनुभयो ।

सोही कार्यक्रममा समाजका पूर्व केन्द्रिय सचिव तथा अछाम शाखाका संस्थापक सभापति मदन बहादुर कुँवरले पत्रकारहरुसँग मिलेर जिल्लामा सशस्त्र द्धन्द्धका क्रममै मानवअधिकार र शान्तिको क्षेत्रमा काम गरिएको स्मरण गर्नुभयो । चारवटा मैनबत्ती बालेर उद्घाटन गरिएको कार्यक्रममा उपस्थित विभिन्न वक्ताहरुले मानवअधिकारको प्रत्याभूति, शान्ति कायम, जिम्मेवार र कर्तव्यमुखी बन्नुपर्ने भनाइ राखेका थिए । साधारणसभाका क्रममा भनाइ राख्ने व्यक्ताहरुले समाजको काम अझै परिष्कृत भएर अघि बढ्नका लागि सुझाव दिनुभएको छ ।

संस्थाका सभापति जयबहादुर बोगटीको सभाध्यक्षतामा भएको कार्यक्रमका क्रममा हालसम्म अछाम शाखाले सम्पन्न गरेका कार्य, समस्या र सम्भावनाका बारेमा सभापति बोगटीले नै प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । समाजका सचिव डम्बर बोगटीले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्य समाजका उपसभापति गंगाकुमारी कुँवरले गनुभएको थियो ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page

error: Content is protected !!