दार्चुलामा जिप दुर्घटनामा ६ जनाको मृत्यु, मेलाबाट फर्किदै थिए

दार्चुलामा जिप दुर्घटना हुँदा छ जनाकाे मृत्युु भएकाे छ । शैल्यशिखर नगरपालिका-६ काे बकजेबलामा म १ ज ३३८ नम्बरकाे जिप दुर्घटना हुँदा ६ जनाकाे मृत्युु भएकाे प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक(एसपी) राजिव बस्नेतले दुर्घटनामा ६ जनाकाे मृत्युु भएकाे बताए । मृतककाे सनाखत हुन बाँकी छ ।

उनकाअनुसार अन्य ७ जना घाइते भएका छन् भने बाँकी यात्रु पनि सवार रहेकाे हुनसक्ने भएकाले खाेजी भइरहेको छ । मालिकार्जुनबाट गाेकुलेश्वरतर्फ आइरहेको जिप बिहान ४ बजेतिर दुर्घटनामा परेकाे हाे ।

प्रहरीकाअनुसार स्थानीय मालिकार्जुन मन्दिरमा लागेकाे जात्रा हेरेर फर्किने क्रममा दर्शनार्थी बाेकेकाे जिप दुर्घटनामा परेकाे हाे । जिप सडकबाट करीब १०० मिटर तल खसेको छ । प्रेसपत्रबाट साभार

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page