अनुत्तिर्ण भएर पच्चीस बर्षसम्मकाले कक्षा १ १ र १२ को परीक्षा दिन पाउनेः मंसिर २७ गतेसम्म म्याद

अछाम । राष्ट्रिय परीक्षा बोर्डन २०५६ सालदेखि २०७७ सालसम्म कक्षा ११ र १२ उत्तिर्ण नगरेका विद्यार्थीहरुलाई मौका परीक्षा दिने भएको छ । बोर्डले शुक्रबार एक सूचना जारी गरेर २०५६ देखि २०७७ सालसम्म रजिष्ट्रेशन लिएर उत्तिर्ण नभएका विद्यार्थीहरुले परीक्षा दिन पाउने भएका हुन् ।

कक्षा ११ वा १२ मा उत्तिर्ण हुन नसकेका विद्यार्थीहरुले यसअघि परीक्षा फाराम भरेका विद्यालयमा गएर २०८१ मंसिर २७ गतेसम्म आवेदन दिनुपर्ने भएको छ । कक्षा ११ वा १२ मा अनुत्तिर्ण भएका, ग्रेड नपुगेका वा परिक्षामा अनुपस्थित भएका यस पटकमा फाराम भर्न पाउने भनिएको छ । अन्तिम पटकका लागि परीक्षा दिन चाहाने विद्यार्थीले सम्बन्धित विद्यालयमा गएर समयमै परीक्षा फाराम भर्न भनिएको छ ।

यस्तो छ विस्तृत सूचनाः

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page