विनोद शाही मत्यु प्रकरणः अछाम अदालतमा बहस जारी
मंगलसेन । गएको स्थानीय तह निर्वाचनका क्रममा हत्या गरिएका भनिएका विनोद शाहीको मुद्दामा अछाम अदालतमा बहस जारी रहेको छ । हिजो बिहीबारबाट सुरू भएको बहस नसकिएपछि हेर्दाहेर्दैमा राखेर आज शुक्रबारबाट सुनुवाई गरिएको बताइएको छ ।
बिहीबार मृतकका पक्षबाट वरिष्ठ अधिवक्ता अम्मर थापा, भीमबहादुर ढकाल, रणबहादुर सिंह, दानबहादुर बुढा, वसन्त जोशी, खडक खड्का र राजाराम घिमिरेले अछाम अदालतमा बहस गरेका छन् । त्यस्तै प्रतिवादी पक्षबाट वरिष्ठ अधिवक्ता लोगबहादुर शाह, सुशिल श्रेष्ठ, विरेन्द्र बस्नेत, पवन गुप्ता र गणेश प्रसाद ढुंगानाले बहस गरेका बताइएको छ । आजै फैसला आउने अनुमान गरिएको छ ।
हत्या आरोपमा मृतककै वडाका तीन महिला सहित १० जना विरुद्धमा अछाम अदालतमा तीन वर्षदेखि मुद्धा चलिरहेको छ । सायपूर्वक हत्या सम्बन्धि मुद्धा २०७९ असार २१ गते अछाम अदालतमा दर्ता भएको भएको थियो ।
तनावग्रस्त हुनसक्ने अनुमानका आधारमा अदालत क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई परिचालन गरिएको छ । मृतक पक्षका आफन्त विनायक क्षेत्रबाट मंगलसेन आएका छन भने आफूले अदालतबाट न्याय पाउने आश भनाइ छ ।
२०७९ को स्थानीय तहको निर्वाचनमा फर्जि मतमा विवादपछि जेठ १७ गते घरबाट सम्पर्कविहिन भएका भनिएका पञ्चदेवल विनायक नगरपालिका–४ का १६ वर्षीय विनोद शाही ५ दिनपछि सडक भन्दा तल खोल्सोमा मृत अवस्थामा फेला परेका थिए ।
उक्त घटनालाई लिएर तत्कालीन अवस्थामा विनायक र मंगलसेनमा तनावग्रस्त भएको थियो ।
