ढकारीमा ट्याक्टर दुर्घटनामा सात जना घाइते, दुई गम्भीर

मंगलसेन । ढकारीमा ट्याक्टर दुर्घटना हुँदा शनिबार सात जना घाइते भएका छन् । भने दुर्घटनामा गम्भीर घाइते दुई जना घाइतेलाई थप उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा लिइएको छ ।

घाइते हुनेमा ढकारी गाउँपालिका–१ लयगाउँका ३२ वर्षीय दिनेश रिमाल, निजका १० वर्षीय छोरा लोकेश रिमाल, ४६ वर्षीय धने टमट्टा, ५७ वर्षीय मनराजे टमट्टा घाइते भएका छन् । यस्तै १६ वर्षीया कविता टमट्टा, १७ वर्षीया खिमा टमट्टा र १३ वर्षीया जनधरा टमट्टा रहेका छन् । उक्त दुर्घटनामा घाइते भएका मध्ये निधार, कम्मर र खुट्टामा चोट भएका दिनेश रिमाल र टाउको र घाँटीमा चोट लागेका धने टमट्टालाई थप उपचारको लागि सुविधा सम्पन्न अस्पतालमा प्रेषण गरिएको र अन्यको ढकारी स्वास्थ्य चौकीमा उपचार भइरहेको बताइएको छ ।

ढकारीको चाइराबाट परालसहित ११ जना सवार सु.प.प्र.०१००२ त ५१८८ नम्बरको ट्याक्टर राउलासैनमा दुर्घटना भएको हो । पराल बोकेर आइरहेको ट्याक्टर राउलासैनको मोडमा पछाडिको ट्राली पल्टिएर दुर्घटना भएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले जानकारी दिनुभयो । ट्याक्टरमा सवार रहेका अन्य चार जना भने सकुशल रहेको भण्डारीको भनाइ छ । दुर्घटना भएको ट्याक्टरका चालक सोही गाउँपालिका–१ का २९ वर्षीय लोक बहादुर बुढालाई प्रहरी नियन्त्रणमा लिएको छ ।

Mangalsen Ward
सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page