जुवातास खालबाट छ जना पक्राउः ६९ हजार ६ सय नगद बरामद

अछाम । जुवातास खेलिरहेको अवस्थामा सदरमुकाम मंगलसेनबाट नगद सहित छ जनालाई अछाम प्रहरीले नियन्त्रणमा लिएको छ । साथै सोही खेलमा प्रयोग भएको ६९ हजार ६५५ नगद रकम समेत बरामद गरेको छ ।
पक्राउ पर्नेमा पञ्चदेवल विनायक-४ कालिकास्थान निवासी कमलबहादुर शाही, सुर्खेत जिल्ला विरेन्द्रनगर नगरपालिका-७ का वीरबहादुर हमाल र लक्ष्मीप्रसाद देवकोटा, कालिकोट जिल्ला शुभकालिका गाउँपालिका-३ का दीर्घबहादुर शाही, कालिकोट जिल्ला खाडचक्र नगरपालिका-२ का रोशन बराल र दैलेख जिल्लाको दुल्लु नगरपालिका-६ का दीपक खड्का रहेका छन् ।
मंगलसेन बजारको एक होटलमा मध्यराती जुवातास खेलिरहेको सूचनाको आधारमा पक्राउ गरिएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले जानकारी दिनुभयो । पक्राउ परेका व्यक्तिहरूलाई जुवातासको कानुन अनुसार कार्वाही प्रक्रिया अघि बढाइएको बताइएको छ ।