‘बिना ढेउवाके विदेश जान पाइन्छ’ भन्ने मान्छे म होइनः माधव नेपाल

काठमाण्डाैं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बिना ढेउवाके बिदेश जान पाइन्छ भन्दै बोल्ने मान्छे आफू नभएको जिकिर गर्नुभएको छ ।

निर्वाचन आयोगलाई प्रष्टिकरण दिँदै अध्यक्ष नेपालले त्यत्ति नीच काम गर्ने मान्छे आफू नभएको र त्यस्को अभिब्यक्ति आफूबाट नआएको पनि बताउनु भएको छ । नेता नेपालले आयोगमा स्पष्टीकरण दिँदै आफूले आयोगले भने अनुसारको नीच हर्कत प्रदर्शन गरी कुनै अभिव्यक्ति नदिएको दाबी गर्नुभएको छ ।

रौतहटमा कोणसभा गरेर नेपालले आफूलाई मत दिए बिना पैसा फ्रि टिकट र फ्रि भिसाबाट विदेश जान पाउने बताउनु भएको भिडिओ सार्वजनिक भएको थियो । सोही बिषयमा आयोगले स्पष्टिकरण सोधेको थियो । तर जवाफमा नेपालले त्यस्तो नीच काम गर्ने मानिस आफू नभएको बताउनु भएको छ ।

‘निर्वाचनको सिलसिलामा मैले कुनै उम्मेदवार, मतदाता, निजहरूमध्ये कसैको सरोकार वा स्वार्थ भएको कुनै व्यक्ति, निर्वाचन अधिकृत, निर्वाचनमा संलग्न कुनै कर्मचारीलाई कुनै किसिमको प्रभाव पार्ने कार्य गरेको छैन। कुनै किसिमले लोभ लालच देखाउने वा आर्थिक प्रलोभन काम गरेको छैन । पत्रमा भनिए जस्तो अभिव्यक्ति मैले दिएको छैन,’ अध्यक्ष नेपालले दिएको स्पष्टीकरणमा भनिएको छ। जनताटाइम्सबाट 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page