अछाममा दुइ दिन राहदानी अवरूद्द हुने
अछाम । अनलाइन प्रणालीमा समस्या आएको भन्दै अछाममा विद्युतिय राहदानी सेवा दुई दिन अवरुद्ध हुने भएको छ । जिल्ला प्रशासन कार्यालय, अछामले एक सूचना जारी गरेर बिहीबार र शुक्रबार दुई दिन सेवा अवरुद्ध हुने जानकारी दिएको छ ।
प्राविधिक समस्याको समाधानका लागि दुई दिन लाग्ने भएकोले कात्तिक ८ र ९ गते विद्युतिय राहदानी सेवा अवरुद्ध हुने कार्यालयका प्रशासकीय अधिकृत सन्तोष विकले जानकारी दिनुभयो । प्राविधिक समस्या समाधानका लागि मर्मतको कार्य भइरहेकोले आउँदो आइतबारबाट सेवा सुचारु हुने बताइएको छ ।