पर्वमा कानुनको पालनामा अछाम प्रशासनको कडाइ

अछाम । प्रचलित कानुनको पालना गरेर सामाजिक पहिचान र सद्भाव बोकेका पर्वहरु मनाउन जिल्ला प्रशासन कार्यालय अछामले आग्रह गरेको छ । कार्यालयले आइतबार एक सूचना जारी गरेर दीपावली, छट, नेपालसम्वत लगायतका पर्वहरुलाई मर्यादित र सुरक्षित रुपमा मनाउन भनिएको छ ।

दीपावलीका क्रममा देउसीभैली बिहान ६ बजेदेखि बेलुकी ७ः३० बजेसम्म मात्र सुरक्षित र मर्यादित रुपमा खेल्न पाइने छ । पटका, अतिसवाजी, तथा अन्य प्रज्वलनशील पदार्थको ओसारपसार, बिक्रिवितरण, प्रयोग नगर्नु नगराउन भनिएको छ । यस्तै विभिन्न पर्वहरुका क्रममा सार्वजनिक स्थानमा मादक पदार्थ सेवन नगरी सुरक्षित र मर्यादित रुपमा मनाउन भनिएको छ । दीपावलीमा बिजुली र मैनबत्तीको सावधानी रुपमा प्रयोग गर्नपनि अछाम प्रशासनको सुझाव छ ।

सूचनालाई अटेर गरेर कानुन विपरितका गतिविधि सञ्चालन भएमा कानुन बमोजिम कार्वाही हुने समेत प्रमुख जिल्ला अधिकारी रामदत्त पाण्डेद्धारा जारी सूचनामा उल्लेख छ । पर्वहरुको अवसरमा सबैलाई प्रशासन कार्यालयले शुभकामना समेत व्यक्त गरेको छ ।

दीपावली तथा अन्य पर्वका क्रममा अछाममा विशेष सुरक्षाा योजना रहेकाे अछाम प्रहरीले जानकारी दिएकाे छ । 

Mangalsen Ward
सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page