Dasain Suvakamana Miracle

विनायक नगरपालिकामा एमालेको मतदाता भेटघाट तथा घरदैलो सम्पन्न

अछाम । नेकपा (एमाले) अछाम-२ प्रदेशसभा ‘क’ को पञ्देवल विनायक नगरपालिकामा जारी पहिलो चरणको मतदाता भेटघाट तथा घरदैलो अभियान सम्पन्न गरेको छ । नगरमा रहेका ९ वटै वडामा पुगेर घरदैलो तथा भेटघाट सकेको बताइएको छ ।

अभियानको क्रममा अधिकांस मतदातसङ्ग भेटघाट गरि जनताका मुलभूत समस्यामा आफू निर्वाचित भएपछि समाधान गर्ने उम्मेदवार भीम विष्टको भनाइ छ । प्रदेश कमिटी सचिवालय सदस्य नन्दबहादुर कडायतको नेतृत्वमा असोज २९ गते तोलीबाट अभियान सञ्चालन गरिएको थियो । मतदाताहरूले अफ्ना समस्या विष्टले मात्र समस्या समाधान गर्ने भन्दै उनैलाइ मत दिने बताएका बताइएको छ ।

मतदाता भेटघाटका क्रममा एमाले जिल्ला कमिटी सचिवालय प्रेम खत्री, शेरबहादुर बुढा, सुरेन्द्र शाही, माहारुप जोशी, पञ्चदेवल विनायक नगरकमिटी अध्यक्ष गोरख रावल लगायतको सहभागिता रहेको थियो ।

Add suchana
सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page