करेन्ट लागेर भैरवस्थानका युवकको मृत्यु
अछाम । बिजुली मर्मत गर्ने क्रममा करेन्ट लागेर विद्युत प्राधिकरण अछाम वितरण केन्द्रमा कार्यरत एक कर्मचारीको मृत्यु भएको छ । करेन्ट लागेर मृत्यु हुनेमा तुर्माखाँद गाउँपालिका–३ भैरवस्थानका ३० वर्षीय कटक बुढा रहेका छन् ।
साेही वडाको चिउरीखालमा रहेको पोलमा चढेर ट्रान्समिटर मर्मत गर्ने क्रममा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको वडा अध्यक्ष कासिराम बुढाले जानकारी दिनुभयो । अध्यक्ष बुढाका अनुसार कटकको मृत्युपछि साथमै रहेका ३० वर्षीय प्रकाश बुढाको होस खुलेको छैन । प्रकाश पनि विद्युत प्राधिकरणमा करारमै कार्यरत रहेका छन् ।
शवको पोष्टमार्टम र आवश्यक कानूनी प्रक्रियाका लागि प्रहरी टोली खटि सकिएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो ।
