मंगलसेन गाविसका पूर्व उपप्रधानपञ्च बाेहराको निधन

मंगलसेन । साविकको मंगलसेन गाउँ विकास समिति (गाविस) का पूर्व उपप्रधानपञ्च नन्दसिंह बोहराको बिहीबार निधन भएको छ । मंगलसेन नगरपालिका–५ कुकुडीपाटा निवासी बोहराको घरमै ६३ वर्षको उमेरमा बिहीबार दिउँसो निधन भएको हो ।
जनमोर्चा अछामका नेताका रुपमा परिचित बोहरा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा अछामका तीन कार्यकाल मन्त्री समेत हुनुहुन्थ्यो । बोहराको भोलि शुक्रबार कैलाश खोला नदीमा दाहसंस्कार गरिने स्थानीय भोज बोहराले जानकारी दिनुभयो । मृतक बोहराका श्रीमती, चार छोरा र पाँच छोरी रहेका छन् ।