अछाममा प्रहरी दिवसः २२ जना प्रहरी पुरस्कृत, तीन जग्गादाता सम्मानित

६९औं प्रहरी दिवस अछाममा भव्यताका साथमा सम्पन्न गरिएको छ । खेलकुद प्रतियोगिता, पुरस्कार, सम्मान र शुभकामा मन्तव्यका साथमा जिल्ला प्रहरी कार्यालयकाे प्राङगणमा दिवसकाे औपचारिक कार्यक्रम सम्पन भएको हाे ।

शान्ति सुरक्षा, अपराध नियन्त्रण र अनुसन्धानमा उत्कृष्ट कार्य गरेको भन्दै जिल्ला प्रहरी कार्यालय अछामले २२ जना प्रहरी कर्मचारीलाई पुरस्कृत गरेको छ । कर्तव्य पालाकाे सिलसिलामा अछाम जिल्लाका विभिन्न स्थानमा खटिएका प्रहरीलाई नगद सहित पुरस्कृत गरिएको प्रहरी निरीक्षक जय पार्कीले जानकारी दिनुभयो । प्रहरी दिवसमा पुरस्कृत हुनुहुनेमा ११ प्रहरी जवान, चार जना प्रहरी हवल्दार, तीन जना प्रहरी सहायक हवल्दार नगद सहित पुरस्कृत हुनुभएको छ । यस्तै  दुई जना प्रहरी सहायक निरीक्षक र प्रहरी वरिष्ठ हवल्दार र कार्यालय सहयोगी एक/एक जना रहेका छन् ।

यस्तै अस्थायी प्रहरी पोष्ट कालागाउँलाई निशुल्क ६ रोपनी जग्गा उपलब्ध गराउने मंगलसेन नगरपालिका-१४ का सुरत सोडारी, मैपति सोडारी र शेरबहादुर कठायतलाई सोही अवसरमा सम्मानित गरिएको छ । कर्तव्य पालनाकाे सिलसिलामा बझाङ दरबन्दी भइ जिल्ला प्रहरी कार्यालय अछाममा कार्यरत रही निधन भएका प्रहरी सहायक हवल्दार टंक बाेहराकी श्रीमती सुनिता बाेहरालाइ सम्मान गरिएको छ । प्रहरी  दिवसको अवसरमा आयोजित भलिबल, टेबलटेनिस, दाैड र ब्याटमिन्टन खेलमा पहिलो, दोश्रो र तेश्रो हुने प्रहरीका खेलाडीहरूलाई पुरस्कार प्रदान गरिएको छ । 

प्रहरी दिवसका अवसरमा शुभकामना मन्तव्यका क्रममा प्रहरीले न्यूनतम श्रोतसाधन र तलबमा अधिकतम काम गरेको भन्दै पारिश्रमिकमा वृद्धिमा जोड दिइको छ । प्रमुख जिल्ला अधिकारी (प्रजिअ) शिवप्रसाद लम्सालले अप्ठ्यारो अवस्थामा अछाम प्रहरीले शान्ति सुरक्षा, अनुसन्धान र विपतमा सह्रानिय कार्य गरेको भनाइ राख्नुभयो । प्रजिअ लम्सालले समाजको विकास र प्रविधिसँग अपराध र सुरक्षमा नयाँ चुनौती रहेकोले प्रहरीलाई त्यसमा पनि ध्यान दिन आग्रह गर्नुभयो । 

प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीको अध्यक्षतामा सम्पन्न शुभकामना कार्यममा प्रजिअ लम्साल, सामुदायिक प्रहरी सेवा केन्द्र बृख बहादुर बाेगटी, पत्रकार महासंघ पूर्व अध्यक्ष जनकराज भण्डारी र पूर्व प्रहरी शंकरमान बाेहराले शुभकामना मन्तव्य राख्नुभएको थियो । शुभकामनाका क्रममा वक्ताहरूले  प्रहरीमा श्रोतसाधनको अभाव भएकोले यसको व्यवस्थापन ध्यानाकर्षण गराएका छन् ।

साेही क्रममा कर्तव्य पालाकाे सिलसिलामा दिवंगत भएका प्रहरीकाे सम्झना गर्ने श्रद्धाञ्जली स्वरूप अमर प्रहरी स्तम्भमा उपिस्थत सम्पूर्णले माल्यापर्पण गर्नुभएको थियाे । कार्यक्रमको सञ्चालन कमलबजार इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक हर्ष बहादुर चन्दले गर्नुभएको थियो । कार्यक्रममा प्रजिअ सहित सुरक्षाा निकाय, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि नागरिक संघसंगठनका प्रतिनिधि, पत्रकार, सामाजिक अगुवा, अमर प्रहरीका परिवार, पूर्वप्रहरी र कार्यरत प्रहरीको बाक्लाे उपस्थिति रहेको थियो । 

Add suchana
सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page