मंगलसेन नगरपालिकाद्वारा राहत वितरण

मंगलसेन । वर्षाका कारण प्राकृतिक प्रकोप पीडितलाई मंगलसेन नगरपालिकाले राहत वितरण गरेको छ । बगेर बेपत्ता भएका, घाइते भएका, माछा पोखरी बगाएको र घर भत्केको परिवारलाई राहत वितरण गरिएको हो !
मंगलसेन वडा नम्बर १० र ११ को जुपुमा पुगेर मंगलसेन नगरपालिका प्रमुखसहितको टोलीले राहत वितरण गरेको हो ! राहत वितरणमा मंगलसेन नगरप्रमुख पदमबहादुर बोहरा, उपप्रमुख संगीता रावल सोडारी, ११ का वडा अध्यक्ष नरबहादुर भण्डारी, ८ का अध्यक्ष ज्ञानेन्द्र बोहरा, नगरका खरिदार नरेशबहादुर कठायत लगायतको सहभागीता रहेको थियो ! नगरको सहयोगले सानो आफूहरूको पीडामा सहयोग हुने भनाई छ ।
यसअघि वडा नम्बर ३, ४, ५ मा समेत प्राकृति प्रकोप पीडितलाई राहत रकम प्रदान गरिएको छ । बाढी र पहिरोबाट क्षति भएको परिणामका आधारमा आवश्यक प्रक्रिया गरेपछि राहत रकम वितरण गरिएको मंगलसेन नगरपालिकाले जानकारी दिएको छ ।

Mangalsen Ward
सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page