अछाममा यात्रुवाहक गाडीको नयाँ भाडादर कायम

मंगलसेन । अछाम सार्वजनिक यातायात प्रालिले जिल्लाभित्रमा चल्ने साना यात्रुवाहक सवारी साधनको भाडादर सार्वजनिक गरेको छ । सदरमुकाम मंगलसेन र साँफेबगरबाट जिल्लाका विभिन्न ३१ स्थानमा चल्ने साना यात्रुवाहक सवारी साधनको भाडादर कायम गरेको प्रालिका सचिव खकिन्द्र बजगाईले जानकारी दिनुभयो ।

सार्वजनिक गरिएको भाडादरमा सबैभन्दा बढी ढकारी, तुर्माखाँद र ढुंगाचाल्नाको एकतर्फी सात/सात सय रुपियाँ तोकिएको छ । सबैभन्दा बढी कम जयगढ र सुवाखाँद दुई/दुईसय भाडादर कायम गरेको छ । यात्रुहरुलाई भाडादरमा एकरुपता कायम गर्नका लागि नयाँ भाडादर कायम गरिएको बताइएको छ ।

मंगलसेनबाट साईखोलाको पाँचसय, साँफेबगर तीनसय, जयगढ दुईसय, गैरीटाँड दुईसय २० रुपियाँ भाडादर कायम गरिएको छ । यी स्थानमा हाल पक्की सडक रहेको छ । भने अन्य सडक ग्राभेल र कच्ची रहेका छन् । दशैतिहारमा केही यातायात व्यवसायीले आफूखुसी भाडा लिने प्रवृतिलाई निरुत्साहित भएकोले यात्रुहरुले प्रालिले तोकेको भाडादरमा जोड दिएका छन् ।

सडकको अवस्था, पेट्रोलियम पदार्थको मूल्य र सरकारी नियम अनुसार भाडादर कामय हुनुपर्ने केहीको माग हुँदै आएको छ । अछाम जिल्लाका विभिन्न स्थानमा साना यात्रुवाहक सवारी साधन चल्ने गरेका छन् ।

हेर्नुस् नयाँ भाडादर

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page