अछाम आउँदै गरेको हाइस दुर्घटनाः १३ जना घाइते
मंगलसेन । कैलालीबाट अछाम आइरहेको हाइस दैलेख जिल्लाको तल्लो डुङ्गेश्वर नजिक दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । दैलेखको गुराँस गाउँपालिका–२ तल्लो डुङगेश्वर नजिक मंगलबार साँझ सडक भित्तामा ठोक्किएर दुर्घटना हुँदा उक्त गाडीमा सवार १३ जना घाइते भएका अछाम प्रहरीले जनाएको छ ।
तीन जना गम्भीर घाइते पाँच जना मध्यम र ५ जना सामान्य घाइते भएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक इश्वरी प्रसाद भण्डारीले जानकारी दिनुभयो । घाइते भएका सबैको प्रादेशिक अस्पताल सुर्खेतमा लिइएको भण्डारीले जानकारी दिनुभयो । घाइते हुनेमा अधिकांस अछामकाे मंगलसेन नगरपालिका-१४ कालागाउँका रहेका छन् ।
घाइते हुनेमा अछाम जिल्ला ढकारी गाँउपालिका–८ घोडासेनकी ४ वर्षीया नेहा खड्का, मंगलसेन नगरपालिका– १२ बान्नातोली का ५० वर्षीय पार्वती शाही र दैलेख जिल्ला आठबिस नगरपालिका–४ का २५ वर्षीय रिदम शाही गम्भीर घाइते भएका छन् । नेहा र पार्वतीको टाउको र रिदमको अनुहार र खुट्टका गम्भीर चोट लागेको अछाम प्रहरीले जानकारी दिएको छ । मंगलसेन नगरपालिका–१४ कालागाउँका ३५ र्वीय केशर सोडारी, ५६ वर्षीय जैसरा भण्डारी, ६१ वर्षीय नर बहादुर सोडारी घाइते भएका छन् ।
यस्तै सामन्य घाइते हुनेमा मंगलसेन नगरपालिका–१४ कालागाउँकी ३७ वर्षीय डिक्रा सोडारी, १३ वर्षीय किस्मत वयक, ४५ वर्षीय देवेन्द्र शाही, ५ वर्षीय अमिक शाही घाइते छन् । सोही दुर्घटनामा, ढकारी गाउँपालिका–८ घोडासेनका ८ वर्षीय कृष्ण खड्का, २५ वर्षीय चम्फा खड्का, कैलाली जिल्लाको लम्की चुहा नगरपालिकाका ४१ वर्षीय बिमा बुढा रहेका छन् ।
सु.प्र ०१००१ ख ३०४६ नम्बरको गाडी दुर्घटनामा अचानक सडकको भित्तामा ठोक्किएर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । गाडीका चालक फरार रहेको र खोजी कार्य भइरहेको बताइएको छ । दुर्घटनाका बारेमा थप अनुसन्धान दैलेख प्रहरीले गरिरहेको छ ।