भ्रम नफैलाउन भन्दै रावल विरूद्द प्रदेश कमिटीको विज्ञप्ति

अछाम । नेकपा (एमाले) का नेता डा. भीम रावलको फेसबुक टिप्प्णीलाई लिएर पार्टीको सुदूरपश्चिम प्रदेशले विज्ञप्ति प्रकाशित गरेको छ । प्रदेश अध्यक्ष कृष्ण प्रसाद जैसीद्धारा प्रकाशित विज्ञप्ति प्रकाशित गरेर नेता रावललाई तल्लो तहमा भ्रम नफैलाउन भनिएको छ ।

निर्वतमान उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री रावलले लेनिनवादी सङ्गठनात्मक सिद्धान्तसँग मेल नखाने गरि अनावश्यक रुपमा सामाजिक सञ्जालमा अन्तरविरोध चर्काउने गरि लेखिएको विषयप्रति पार्टी प्रदेश कमिटीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ । सामाजिक सञ्जालमा लेखिरहने प्रवृत्ति पार्टीको लागि घातक हुने भएकाले केन्द्रीय अध्यक्षसँगै वार्ता अगाडि बढाउन तथा तल्ला कमिटी तथा पार्टीका कार्यकर्ता र शुभेच्छुकको बिचमा भ्रम नछर्न विज्ञप्तिमा भनिएको छ ।

जारी गरिएको विज्ञप्तिप्रति डा. रावलले अस्विकृत गरेको प्रतिक्रिया दिनुभएको छ । रावलले यस विषयमा विभिन्न सञ्चार माध्यममा प्रतिक्रिया दिइरहनुभएको छ ।

हेर्नुहोस् विज्ञप्ति ।

Mangalsen Ward
सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page