पाँच वर्षपछि बोगटी र शाह पुनः सामुन्नेमा

शिवराज ढुंगाना, अछाम । प्रतिनिधिसभाको अछाम–२ मा पुनः उनै उम्मेदवार सामुन्नेमा परेका छन् । २ नम्बर क्षेत्रको चुनावका लागि नेकपा (एमाले)बाट यज्ञबहादुर बोगटी र काँग्रेसबाट पुष्पबहादुर शाह पुनः चुनावी मैदानमा आएका छन् ।
सदरमुकाम मंगलसेनको छिमेकी वडाका दुई जनालाई सम्बन्धित पार्टीले पाँच वर्षपछि पनि दुवै जनालाई एकै स्थानमा टिकट दिएको छ । मंगलसेन नगरपालिका–३ निवासी निवर्तमान संघीय सांसद बोगटी र वडा नम्बर ५ निवासी काँग्रेस अछामका सभापति शाहको निर्वाचनमा टक्कर पर्ने भएको छ ।
२०७४ को निर्वाचनमा एमालेका उम्मेदवार बोगटीले दुई हजार ८५९ मतान्तरले शाहलाई पछि पार्दै विययीको अविर, माला पहिरिएका थिए । त्यस निर्वाचनका क्रममा बोगटीले जम्मा २१ हजार ९६५ मत पाएर विजयी भएका थिए । भने पुष्प शाहले १९ हजार १०६ मतमा साथमा निकटतम प्रतिद्वन्द्वीमा रहेका थिए ।
पाँच वर्षपछि अछाम–२ मा पहिला नै चुनाव लडेका व्यक्ति दोहोरिने भएपछि यहाँका बासिन्दाले निकै उत्साहपूर्व हेरिरहेका छन् । जित/हारको नतिजा मतदाताको जिम्मा छाडेर हेर्दा दुवैको प्रतिष्पर्धा निकै रोमाञ्चक हुने अनुमान गरिएको छ । निर्वाचन जित्ने दुवैको दावी रहेको बेलामा मतदाता नै निर्णायक हुने छन् ।
गठबन्धनको साथ पाएकोले शाहले आफू निर्वाचन जित्नेमा काँग्रेस अछामको आँकलन छ । भने आफूले सबै दल र व्यक्तिको समन्वयमा जनताका काम गरिरहेकोले आफू निर्वाचन जित्ने दावी बोगटीको छ ।
दुई जनाको रोमाञ्चकारी प्रतिष्पर्धासँगै नेपाली काँग्रेसको पूर्वउपसभापतिबाट राजिनामा गरेका चन्द्रप्रसाद ढुंगानाले प्रतिनिधिसभा सदस्यको लागि आफू स्वतन्त्र उम्मेदवार रहेको भन्दै सामाजिक सञ्जाल र व्यक्तिगत रुपमा मत मागिराख्नु भएको छ ।

Mangalsen Ward
सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page