तापिँरवा खोलाले बगाएर मंगलसेनकी एक महिला बेपत्ता

अछाम । अस्पतालबाट उपचार गरेर घर फर्किरहेकी एक महिलालाई खोलाले बगाएर बेपत्ता भएकी भएकी छन् । वयलापाटा अस्पतालबाट उपचार गरेर फर्किरहेकी मंगलसेन नगरपालिका–११ गिटीखौलाकी ४४ वर्षीया सरस्वती रावल शुक्रबार दिउँसो तापिँरवा खोलामा बेपत्ता भएकी हुन् । श्रीमान् र श्रीमानकी दिदीका साथमै आएकी रावल मंगलसेन नगरपालिका–९ वलीगाउँको तापिँरवा खोला तर्ने क्रममा खोलाले बगाइएर बेपत्ता भएको बताइएको छ ।
बेपत्ता महिलाको स्थानीय, नेपाल प्रहरी टोलीले तापिँरवा र कैलाशखोला क्षेत्रमा खोजी कार्य जारी रहेको अछाम प्रहरीले जानकारी दिएको छ । तीन टोलीले कैलाशखोला नदीको किनारमा खोजी गरिरहेका छौं, पानीको बहाब धैरै भएको र पानी परिरहेकोले हालसम्म फेला पारिएको छैन । अछाम प्रहरीका इनिष्पेक्टर कैलाश विष्टले भन्नुभयो ।
अछाममा बिहिबारबाट निरन्तर पानी परिरहेको छ । निरन्तरको झरीले स्थानीयलाई बाढी, पहिरोकोसँगै पाक्नै लागेको धानवालीमा असर पुगेको ठूलो चिन्ता रहेको छ ।

Mangalsen Ward
सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page