Palika dasin suvakamana

मंगलसेन बसपार्कमा प्रहरीद्वारा सहायता कक्षा स्थापना

Palika dasin suvakamana

मंगलसेन । यातायातको व्यवस्थापन र यात्रुको सहजताका लागि अछाम सदरमुकाम मंगलसेनको बसपार्कमा अछाम प्रहरीले नागरिक सहायता कक्ष (हेल्प डेस्क) को स्थापना गरेको छ । दशैंतिहार तथा छठ पर्वको अवसरमा यात्रुलाई हुने विभिन्न किसिमका समस्या तथा हैरानी हटाउन हेल्प डेस्क सञ्चालनमा ल्याइएको हो ।
यात्रुको ठगी, चोरी, क्षमता भन्दा बढी यात्रु राख्ने, मादक पदार्थ सेवनका विरुद्धमा हेल्प डेक्स राखिएको अछाम प्रहरीको भनाइ छ । अलमलमा रहेका यात्रुलाई सहजता, सवारी साधनको बारेमा जानकारी लिन, मापसे गरेर सवारी चलाएमा, ठगी गरेमा नागरिकको सहजताका लागि हेल्प डेक्स स्थापना गरिएको अछामका प्रहरी प्रमुख डीएसपी नारायण डाँगीले जानकारी दिनुभयो । हेल्प डेक्सबाट नागरिकले सहयोग लिएर चाडपर्वका बेला हुने विभिन्न किसिमका आपराधिक क्रियाकलाप र समस्याहरु कम हुने अछाम प्रहरीले विश्वास गरेको छ ।
जनप्रतिनिधि, प्रहरी, सवारी व्यवसायी, यात्रु र स्थानीयको उपस्थितिमा बसपार्क क्षेत्रमा हेल्प डेक्सलाई सञ्चालनमा ल्याइएको छ । प्रहरी खटिने गरेर हेल्प डेक्सबाट यात्रुहरुले सूचना, जानकारी लिने, समस्या परेमा प्रहरीलाई जानकारी दिने काम गर्न सकिने भएको डीएसपी डाँगीको भनाइ छ । हेल्प डेक्सले यात्रु र सवारी चालक र धनीलाई सहजिकरण गर्ने बताइएको छ ।
बसपार्कमा सहायता कक्ष स्थापना गरेपनि जिल्लाभरमा सवारी साधन, यात्रु र अन्य गलत क्रियाकलापका विरुद्धमा अछाम प्रहरी सक्रिय रहेको भनाइ छ । चाडपर्वमा अन्य समय भन्दा बढी आपराधिक घटना र सवारी दुर्घटना हुन सक्ने भन्दै त्यसका लागि विशेष योजना बनाएको बताइएको छ । सिट क्षमता भन्दा बढी यात्रु राखेको, छोटो दूरीमा निकै महंगो भाडा लिएको गुनासो आउने गरेको छ । देशका विभिन्न स्थानमा अध्ययन र कामको सिलसिलामा रहेका व्यक्तिहरु दशैं र तिहारका लागि घर फर्किरहेका छन् ।

Add suchana
सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page