रक्तश्रावले ढकारीकी सुत्केरीको मृत्यु

समयमै अस्पतालमा पुर्याउँदा बचाउन सकिने स्वास्थ्यकर्मीको भनाइ

अछाम । उच्च रक्तश्रावका कारण ढकारीकी एक सुत्केरी महिलाको मृत्यु भएको छ । ढकारी गाउँपालिका–६ ढुंगाचाल्नाकी २९ वर्षीया सरिता देवी जैसीको मृत्यु भएको हो ।

बच्चा जन्मिएर साल ननिस्केकोले रक्तश्राव भएर ढिलो अस्पताल पुग्दा ज्यान गएको बताइएको छ । बिहीबार राती सुत्केरी व्यथा लागेर स्थानीय स्वास्थ्य चौकी जाँदै गर्दा राती करिब ३ बजेतिर बाटैमा छोरा जन्माएकी थिइन् । बच्चाको अवस्था भने सामान्य रहेको बताइएको छ । 

ढुंगाचाल्नाबाट बिहीबार (आज) जिल्ला अस्पताल अछाम ल्याइएकोमा करिब १० बजेतिर सरिताको ज्यान गएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक इश्वरी प्रसाद भण्डारीले जानकारी दिनुभयो । समयमै जिल्ला अस्पताल पुर्याउन सकेमा बचाउन सकिने बताइएको छ । 

रक्तश्रावका कारण चालु आर्थिक वर्षमा मृत्यु हुनेमा सरिता पहिलो हुन । भने गएको आर्थिक वर्षमा तीन जनाले ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय, अछामसँग तथ्यांक रहेको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page