Palika dasin suvakamana

अरिङ्गालको टोकाइबाट मृगाैला ‘फेल’ भएर युवकको मृत्यु

Palika dasin suvakamana

अछाम । अरिङ्गालले टोकेर उपचारका क्रममा सुर्खेत रहेका अछामका एक युवकको बुधबार मृत्यु भएको छ । पञ्चदेवल बिनायक नगरपालिका–८ बारलाको गनिउले निवासी २५ वर्षीय पदम कसेरा उपचारको क्रममा सुर्खेतमा निधन भएको हो ।

अरिङ्गालले टोकाइपछि दुवै मृगौलाले काम गर्न छाडेपछि उचारकै क्रममा कसेराको निधन भएको सोही वडा निवासी दिपेन्द्र थापामगरले जानकारी दिनुभयो । मृगौलाले काम गर्न छाडेपछि डाइलासिस भइरहेको बेलामा मृत्यु भएको बताइएको छ । ”अछामबाट ल्याएर यता (सुर्खेत) दुवै मृगाैलाकाे डाइलासिस भइरहेको थियो, तर बचाउन सकिएन” सुर्खेतमा रहनुभएका माअाेवादी केन्द्र अछामका नेता नरेन्द्र बाेहराले भन्नुभयाे । 

घर नजिकै घाँस काट्ने क्रममा भदौ ३० गते कसेरालाई अरिङ्गाले टोकेको थियो । अरिङ्गालको टोकाइबाट घाइते भएको पछिल्लो दिन जिल्ला अस्पताल अछाममा आएका कसेराको थप उपचारका लागि अन्य अस्पतालमा प्रेषण (रिफर) गरिएको थियो ।
मृतकका घरमा श्रीमती र एक वर्षीया एक छोरी रहेका रहेको बताइएको छ ।

Add suchana
सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page