सामाजिक विकास मन्त्री खड्का गृह जिल्ला अछाममा
अछाम । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री मेघराज खड्का गृह जिल्ला अछाम आइपुग्नु भएको छ । मन्त्री नियुक्त भएपछि पहिलोपटक जहाज मार्फत खड्का गृह जिल्ला पुग्नुभएको हो ।
साँफेबगर विमानस्थलमा मन्त्री खड्कालाई नेपाली काँग्रेस सम्बद्द नेता कार्यकर्ताहरूले स्वागत गर्नुभएको छ । यस्तै साँफेबगर नगरपालिकाले समेत आफ्रनो कार्यालयमा स्वागत गरेको छ ।
अछाम पुग्न भएका खड्का मंगलबार स्वास्थ्य कार्यालय अछामको वार्षिक प्रगति समीक्षा लगायत कार्यक्रममा सहभागी हुने बताइएको छ । खड्काले गत साउन तेश्रो साता सामाजिक विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएको थियो ।
खड्का २०७९ को सालको सुदूरपश्चिम प्रदेश सभा निर्वाचनमा अछाम १ (१) प्रदेशबाट निर्वाचित हुनुभएको थियो ।