Palika dasin suvakamana

स्वास्थ्य कार्यालयको प्रगति समीक्षा प्रारम्भः अर्को वर्षको स्वास्थ्य रणनीति तय गरिने

Palika dasin suvakamana

अछाम । जिल्ला स्वास्थ्य कार्यालय अछामले गएको आर्थिकको वार्षिक समीक्षा मंगलसेनमा शुरु भएको छ । आर्थिक वर्ष २०८०–०८१ मा सञ्चालन गरिएका कार्यक्रम, प्राप्त उपलब्धी र आगामी रणनीति तयार गर्न दुई दिने जिल्ला स्तरीय वार्षिक प्रगति समीक्षा गोष्ठी प्रारम्भ गरिएको हो ।

गोष्ठीमा जिल्लामा रहेका दशवटै स्थानीय तहमार्फत सम्पादित कार्यक्रमहरु, दुईवटा अस्पताल, स्वास्थ्य क्षेत्रमा कार्यरत संघसंस्थाका प्रगतिको प्रस्तुति रहने छ । अन्तिममा जिल्लाको समग्र स्वास्थ्य अवस्थाको बारेमा स्वास्थ्य कार्यालयको प्रस्तुति रहने छ । प्रस्तुति पश्चात मूल्यांकन र नतिजा घोषणा, प्रतिबद्धता पत्रको पुनरावलोकन र हस्ताक्षर रहने छ ।

यस्तै उत्कृट कार्य गर्नेलाई प्रशंशा र कदरपत्र वितरण गरिने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय अछामले जानकारी दिएको छ । एक वर्षको अवधिमा सम्पन्न गरिएका क्रियाकलापका उपलब्धि र सिकाइ, समस्या पत्ता लाएर नयाँ रणनीति तयार गर्नेगरी दुई दिने कार्यक्रम शुरु भएको कार्यालयका प्रमुख तथा वरिष्ठ जनस्वास्थ्य अधिकृत झनकराज ढुंगानाले जानकारी दिनुभयो । पहिलाे दिनमा मंगलसेन, कमलबजार र पञ्चदेवल विनायक नगरपालिका, तुर्माखाँद, ढकारी, रामाराेशन, बान्नीगढी जयगढ, मेल्लेख र चाैपाटी गाउँपालिकाको प्रस्तुति गरिएको बताइएको छ । 

गोष्ठीको उद्घाटका सत्रका प्रमुख अथिति एवम् मंगलसेन नगरपालिकाका उपप्रमुख संगीता रावल सोडारीले एक वर्षको कामको समीक्षाले आगामी वर्षका लागि गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवाका लागि योजना बन्ने आश रहेको बताउनुभयो । उपप्रमुख सोडारीले स्वास्थ्य क्षेत्रको विकासमा स्थानीय तहले भरसक प्रयास गरिरहेको भन्दै आगामी दिनमा अझै सहयोग हुनेमा भनाइ राख्नुभयो ।

कार्यक्रमका विशिष्ठ अथिति प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्सालले गएको वर्षको कामको सुक्ष्म मूल्यांकन गरेर आगामी वर्षका लागि ठोस कार्यक्रम बनाउन सुझाव दिनुभयो । स्वास्थ्य क्षेत्रमा संलग्न व्यक्तिहरुले जागिर मात्रै नभएर नागरिकलाई प्रदान गर्ने सेवामा सन्तुष्टि प्रमुखतामा राख्न उहाँको सल्लाह छ ।

स्वास्थ्य कार्यालयका प्रमुख झनकराज ढुंगानाको अध्यक्षतमा शुरु भएको कार्यक्रममा सुरक्षा निकाय, स्वास्थ्य क्षेत्रमा क्रियाशील संघसंस्थाका प्रतिनिधि, पत्रकार लगायतको सहभागिता रहेको थियो । स्वास्थ्य कार्यालयले हरेक वर्ष प्रगाति समीक्षा गरेर उपलब्धीको प्रस्तुति र समीक्षा गरेर अगामी वर्षको लागि रणनीति गर्ने गरेको छ ।

Add suchana
सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page